Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

नेपाल प्रहरीका पाँच एसपीको काज सरुवा, कसको कहाँ ? [सूचीसहित]

काठमाडौं । नेपाल प्रहरीका पाँच जना प्रहरी उपरीक्षक (एसपी) को काजमा सरुवा भएको छ ।

प्रहरी प्रधान कार्यालय नक्सालले पाँच एसपीको काज सरुवा गरेको हो ।

अर्को आदेश नआउँदासम्मका लागि तोकिएको दरबन्दीमा गएर काम गर्न/गराउन प्रहरी प्रधान कार्यालयले निर्देशन दिएको छ ।

प्रहरी प्रधान कार्यालयका अनुसार अपिलराज बोहरा नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय विरेन्द्रनगर, सुर्खेत, वीरेन्द्रबहादुर शाही जिल्ला प्रहरी कार्यालय तनहुँ, रामप्रकाश शाह राष्ट्रिय सुरक्षा परिषद्को सचिवालय सिंहदरवार, रमेश थापा अन्वेषण योजना तथा विकास निर्देशनालय नक्साल र हरीहरनाथ योगीको जिल्ला प्रहरी कार्यालय उदयपुरमा काज सरुवा भएको हो ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077