तनहुँ । जिल्ला प्रहरी कार्यालय तनहुँका प्रमुख तथा प्रहरी उपरीक्षक (एसपी) अपिल राज बोहरा पाँच महिनामै तानिएका छन् । एसपी बोहरा कर्णाली ट्राफिक कार्यालय सुर्खेतमा सरूवा भएका हुन् ।
पाँच महिनामै तानिएका एसपी बोहराले कांग्रेस र एमालेका कार्यकर्तालाई अनाहकमा दुःख दिने गरेको आरोप लाग्दै आएको थियो ।
एसपी बोहरा पूर्वगृहमन्त्री रवि लामिछानेका स्वकिय सचिव दिपक बोहरा निकट मानिन्छन् । उनै दिपकको निर्देशनमा काम गर्दै आइरहेको कांग्रेस र एमालेका कार्यकर्ताको आरोप छ ।
बाहिर हेर्दा गुण्डागर्दी र अपराध नियन्त्रणलाई प्राथमिकता दिए जस्तो गरेपनि एसपी बोहराले भित्रभित्रै तनहुँका क्रसर व्यवसायीलाई तर्साएर लाखौँ असुल्दै आइरहेका थिए ।
त्यस्तै तनहुँका जुवाडेहरुसँग पनि उनको दोस्ति रहेको आरोप लाग्ने गरेको थियो । एसपी बोहराले माओवादी र रास्वपाका नेताहरुको फोन बाहेक कांग्रेस र एमालेका नेताहरुको फोन नपठाउने गरेको आरोप लाग्दै आएको थियो ।
अब उनको स्थानमा प्रहरी उपरीक्षक विरेन्द्र बहादुर शाहीको सरुवा भएको छ । उनी यसअघि अख्तियार दुरुपयोग अनुसन्धानमा आयोग र जिल्ला प्रहरी कार्यालय बर्दियामा काम गरिसकेका अफिसर हुन् ।
त्यसैगरी एसपी रमेश थापाको अन्वेषण योजना निर्देशनालय, हरीहरनाथ योगीको उदयपुर र राम प्रकाश शाहको सुरक्षा परिषद्मा सरुवा भएको छ ।
त्यस्तै केही डीएसपीहरुको पनि काज सरुवा भएको छ । वडा प्रहरी कार्यालय बैदाम कास्कीमा सन्तोष निरौला, रौतहट चपुरमा राजकुमार राई, भोजपुरमा युवराज तिमिल्सिनको सरुवा भएको छ ।