Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

रिपब्लिकन सम्मेलनमा ट्रम्पको सम्बोधन - भगवानको कृपाले म बाँचें

एजेन्सी । पूर्व अमेरिकी राष्ट्रपति एवं रिपब्लिकनबाट राष्ट्रपति पदका उम्मेदवार डोनाल्ड ट्रम्पले आफू भगवानको कृपाले बाँचेको बताएका छन् ।

पेन्सिलभेनियामा आयोजित चुनावी र्यालीमा गोली प्रहारबाट घाइते भएका ट्रम्पले मिल्वाकीमा आयोजित रिपब्लिकन सम्मेलनलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।

उनले भने, 'म आज राती यहाँ हुने थिइनँ।'

'मैले चर्को आवाज सुनेँ र मेरो दाहिने कानमा चोट लागेको महसुस गरें। मैले तत्काल आफ्नो कानमा हात लगें, कान रगतले ढाकिएको थियो । ममाथि आक्रमण भइरहेको छ भन्ने मलाई तुरुन्तै थाहा भइहाल्यो,' ट्रम्पले घटनाको स्मरण गर्दै भने ।

सिक्रेट सर्भिसका धर्मचारीहरूले गोली चलिरहेकै अवस्थामा स्टेजमा पुगेर आफूलाई सुरक्षित स्थानमा लगेको उनको भनाई छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077