Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

झापाको शनिश्चरेमा भारी वर्षा, खोला तटीय क्षेत्रमा सतर्कता अपनाउन आग्रह

काठमाडौं । झापामा भारी वर्षा भएको छ ।

बाढी पूर्वानुमान महाशाखाका अनुसार पछिल्लो तीन घण्टामा झापाको शनिश्चरे वर्षामापन केन्द्र र आसपासको क्षेत्रमा भारी वर्षा भएको हो ।

शनिश्चरे र आसपासका क्षेत्र भएर बग्ने बिरिङ, अधुवा र अन्य साना खोलातटीय क्षेत्रमा बस्नेहरूलाई सतर्कता अपनाउन महाशाखाले आग्रह गरेको छ ।

ती क्षेत्रका बासिन्दाले शुक्रबार बिहान ७ बजेसम्मै सतर्कता अपनाउनुपर्ने छ । पछिल्लो २४ घण्टामा देशभर मध्यमदेखि भारी वर्षा भएको बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077