Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

इजरायली सेनाद्वारा गाजाको अर्को विद्यालयमा आक्रमण

एजेन्सी । मध्य गाजामा रहेको संयुक्त राष्ट्रसंघद्वारा सञ्चालित विद्यालयमा इजरायली सेनाले आक्रमण गरेको छ ।

आक्रमणमा परी कम्तीमा २२ जनाको मृत्यु भएको छ । आक्रमणमा एक सय जना घाइते पनि भएका छन्।

हमासको स्वास्थ्य मन्त्रालयले यस विद्यालयमा विस्थापित मानिसहरू बस्दै आएको बताएको छ।

तर इजरायली सेनाले नुसरत शरणार्थी शिविरमा रहेको अबु ओराबेन विद्यालयमा हमास लडाकुहरूले आफ्नो गतिविधि सञ्चालन गरिरहेको बताएको छ ।

प्रत्यक्षदर्शीहरूले शिविरमा सशस्त्र लडाकुहरू नरहेको बीबीसीको अरबी सेवालाई जानकारी दिएका छन् । मृत्यु हुनेमा बालबालिका समेत रहेको उनको भनाइ छ ।

पछिल्लो आठ दिनमा विद्यालय र वरपरको यो पाँचौँ आक्रमण हो।

गाजाको स्वास्थ्य मन्त्रालयले मानवीय क्षेत्रको रूपमा तोकिएको गाजाको क्षेत्रमा इजरायली हवाई आक्रमणमा कम्तीमा १ सय ४१ प्यालेस्टाइनीको मृत्यु भएको जनाएको छ।

हमासले एक विज्ञप्ति जारी गर्दै खान युनिस नजिकै अल मसावी क्षेत्रमा भएको आक्रमणमा अहिलेसम्म ४०० जना घाइते भएको जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077