Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

गृहमन्त्री पद खुस्किएपछि सिमलताल पुगे रवि लामिछाने

काठमाडौं ।  निवर्तमान गृहमन्त्री रवि लामिछाने पहिरोले दुई वटा बस बगाएको स्थान सिमलतालमा पुगेका छन्।

आफू गृहमन्त्री हुँदै गत शुक्रबार पहिरोले दुई बस बगाउँदा त्यहाँ नगएका लामिछाने गृहमन्त्री खुस्किएको भोलिपल्टै त्यहाँ पुगेका हुन्।

त्यहाँ नगएको भन्दै आलोचना हुन थालेपछि लामिछाने आज बिहान त्यहाँ पुगेका हुने। लामिछाने त्यहाँ पुगेर घटना विवरण एवं उद्धारको प्रगतिका बारेमा जानकारी लिएको सचिवालयले जनाएको छ।

उनले घटनास्थलको अवलोकन पनि गरेका थिए।काठमाडौंबाट गौर जाँदै गरेको एञ्जल यातायातको बागमती प्रदेश०३–००१ख २४९५ नम्बरको बसमा ४ जना महिला र २३ जना पुरुष रहेका थिए ।

वीरगञ्जबाट काठमाडौंतर्फ गइरहेको बागमती प्रदेश०३–००६ख १५१६ नम्बरको गणपति डिलक्स बसमा ५ महिलासहित ३८ जना सवार थिए।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077