Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

आक्रमणपछि कानमा पट्टी बाँधेर पार्टीको राष्ट्रिय सम्मेलनमा पुगे ट्रम्प

एजेन्सी । अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प बन्दुक हमलापछि पहिलो पटक सार्वजनिक रुपमा देखा परेका छन् ।

रिपब्लिकन पार्टीको राष्ट्रिय अधिवेशनका लागि ट्रम्पले कानमा पट्टी बाँधेर मिलवाकी पुगेका हुन् ।

आक्रमणकारीको गोली लागेर निस्किएको उनको दाहिने कानमा ठूलो ब्यान्डेज थियो।

रिपब्लिकन उपराष्ट्रपति पदका उम्मेदवार जेडी भान्स पनि उनकै बायाँपट्टी उभिएका थिए। पार्टीका सिनेटर ब्यारोन डोनाल्ड्स दायाँतर्फ उभिरहेका थिए।

उनका छोराहरू एरिक र डोनाल्ड जूनियर पनि उनीसँगै बक्समा थिए। परिवारका अन्य सदस्यहरू पनि सँगै थिए।

आइतबार ट्रम्प पेन्सिलभेनियाको बटलरमा रिपब्लिकन पार्टीको र्‍यालीमा भाषण दिइरहे थिए।

सोही समयमा उनीमाथि गोली चलाइएको थियो। गोली ट्रम्पको दाहिने कान भएर गएको थियो ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077