Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

डोनाल्ड ट्रम्पले बनाए जेडी भान्सलाई उपराष्ट्रपतिको उम्मेदवार

एजेन्सी । अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पले ओहायोबाट रिपब्लिकन सिनेटर जेडी भान्सलाईउपराष्ट्रपतिको उम्मेदवारका रूपमा चयन गरेका छन् ।

ट्रम्पले सोमबार आफ्नो ट्रुथ सामाजिक सञ्जालमा उपराष्ट्रपतिका उम्मेदवारको घोषणा गरेका हुन् । भान्सट्रम्पको आलोचक थिए तर पछि उनको सहयोगी बने।

ओहायोबाट पहिलो पटक सिनेटरमा निर्वाचित भएका भान्सको कन्जरभेटिभ मतको राम्रो आधार छ ।

भान्सलाई उपराष्ट्रपतिको उम्मेदवार बनाउनुले रिपब्लिकन पार्टीमा ठूलो सङ्ख्यामा कन्जरभेटिभ मतदातालाई आकर्षित गर्न सक्ने बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077