Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

दुईजना कृषि प्राविधिक घुससहित पक्राउ, ४८ लाखका चेक बरामद

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले दार्चुलाको शैल्यशिखर नगरपालिकाका दुई जना कृषि प्राविधिक घुससहित पक्राउ गरेको छ ।

कञ्चनपुरबाट खटिएको अख्तियारको टोलीले अधिकृत मोहनसिंह धामी र अर्का कृषि प्राविधिक अशोकसिंह धामीलाई ४ लाख १२ हजार नगदसहित पक्राउ गरेको हो ।

उनीहरूको साथबाट ४५ लाख ६० हजारका पाँच थान चेक र अशोकको नाममा काटिएको दुई लाख ५० हजारका थप दुई थान चेकसमेत बरामद गरिएको अख्तियारले जनाएको छ ।

अख्तियार प्रवक्ता नरहरि घिमिरेले कृषि समूहको बिल भुक्तानी गर्दा कमिशन वापत सेवाग्राहीसँग घुस माग गरेपछि उनीहरुलाई पक्राउ गरिएको हो । उनीहरुमाथि थप अनुसन्धान भइरहेको बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077