Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

बाढीले घर बगाउँदा तीन बालिकाको मृत्यु, एक बेपत्ता

रुकुम पश्चिम । रुकुम पश्चिममा तातोपानी खोलाले घर बगाउँदा तीन जनाको मृत्यु भएको छ ।

गएराति परेको अविरल बर्षापछि जिल्लाको आठबिसकोट नगरपालिका वडा नम्बर १२ बगरनजिक तातोपानी खोलाले घर बगाउँदा ३ जना स्थानीय बालबालिकाको मृत्यु भएको हो ।

त्यस्तै नजिककैको झिन्चौर खोलाले बगाएर १ जना बेपत्ता भएका छन् । मृत्यु हुनेहरूमा स्थानीय १० वर्षीया हितमाया पुन, आठ वर्षीया धनसा पुन र चार वर्षीया मनिषा सार्की रहेको प्रहरीले जनाएको छ ।

साथै यही बाढीमा परेर ६ जना घाइते भएको बताइएको छ । घाइतेहरूको उपचारका लागि नगर अस्पताल लगिएको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077