Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

डोनाल्ड ट्रम्पलाई गोली हान्ने युवकको नाम सार्वजनिक

एजेन्सी । अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पलाई गोली हान्ने एक २० वर्षीय युवकको नाम सार्वजनिक भएको छ ।

अमेरिकी संघीय जाँच ब्युरो (एफबीआई)ले ट्रम्पलाई गोली दाग्ने २० वर्षे युवकको नाम थोमस मथ्यु क्रुक्स रहेको जनाएको हो ।

उनले ट्रम्पलाई चुनावी र्‍याली सम्बोधनका क्रममा गोली प्रहार गरेका थिए ।

पेन्सिलभेनियामा चुनाव प्रचाररत रहेका बेला ट्रम्पलाई गोली हानिएको थियो ।

कान र छेउछाउको भागमा घाउ लागे पनि ट्रम्प सुरक्षित छन् ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077