Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

गोली लागेर घाइते भएपछि ट्रम्पले भने - मलाई एक गोली लाग्यो, ‘गड ब्लेस अमेरिका’

एजेन्सी । अमेरिकी राष्ट्रपति पदका उम्मेदवार तथा पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्पले आफ्नो दायाँ कानमा गोली लागेको बताएका छन् । उनी सहभागी एक चुनावी र्‍यालीमा शनिबार (नेपाली समय अनुसार आइतबार बिहान) गोली चलेको थियो ।

गोलीकाण्डपछि ट्रम्पले सामाजिक सञ्जालमा लेखेमा लेख्दै आफ्नो दाहिने कानको माथिल्ला भागमा गोली लागेको जानकारी दिएका हुन् ।

उनले लेखेका छन्, ‘मलाई एक गोली लाग्यो, जुन मेरो दाहिने कानको माथिल्ला भागमा लाग्यो। मलाई तुरुन्त थाहा भयो कि केही गडबड भइरहेको छ, किनकि मैले गोलीको आवाज सुनेँ, अनि गोलीले छाला छेडेको महसुस भयो। धेरै रगत बग्यो।’

उनले आफ्नो र्‍यालीमा गोली लागेर मारिएका व्यक्तिको परिवारप्रति समवेदना व्यक्त गरेका छन्। अन्त्यमा उनले लेखेका छन्, ‘गड ब्लेस अमेरिका ।’

सेक्रेट सर्भिस एजेन्टबाट घटनाका एक जना आक्रमणकारी मारिएको जनाइएको छ । दर्शक दीर्घामा रहेका अन्य केही घाइते भएको र उनीहरुको अवस्था चिन्ताजनक भएको समेत बताइएको छ ।

ह्वाइटहाउसका अनुसार अमेरिकी राष्ट्रपति जो बाइडेनले घटनापछि ट्रम्पसँग कुराकानी गरेका छन् । तर, के कुराकानी भयो भन्ने बारेमा खुलाइएको छैन ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077