Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

अमेरिकामा पूर्वराष्ट्रपति ट्रम्पमाथि गोली प्रहार

एजेन्सी । अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पमाथि गोली प्रहार भएको छ । पेन्सलभेनिया राज्यमा स्टेजमा बोल्ने क्रममा उनीमाथि गोली प्रहार भएको हो । गोली लागेर ट्रम्प घाइते भएका छन् ।

गोली लागेपछि ट्रम्प भुइँमा लडेका थिए । ट्रम्पलाई अमेरिकाको सेक्रेट सर्भिसले तत्कालै गाडीमा हालेर सुरक्षित स्थानतर्फ लगेको बताइएको छ । उनको अनुहारमा अनुहारमा रगत देखिएको थियो।

अमेरिकी समय अनुसार शनिबार राति पेन्सिलभेनियाको बटलरमा पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्पको र्‍यालीमा गोली प्रहार भएको हो।

गोली लागेर एक बन्दुकधारी र एक दर्शकको मृत्यु भएको छ। अर्का एक दर्शकको अवस्था गम्भीर छ। घटनाको थप अनुसन्धान भइरहेको बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077