Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

प्रहरी जवानको परीक्षा दिँदै गरेका ६ नक्कली परीक्षार्थी पक्राउ

काठमाडौं । प्रहरी जवान पदको लिखित परीक्षा दिँदै गरेका ६ नक्कली परीक्षार्थीलाई प्रहरीले पक्राउ गरेको छ ।

जिल्ला प्रहरी परिसर काठमाडौंका अनुसार आज विभिन्न स्थानमा भएको परीक्षामा अर्काको नाममा परीक्षा दिँदै गरेका उनीहरुलाई पक्राउ गरीएको हो ।

प्रहरी वृत्त गौशालाले २ पुरुष, प्रहरी वृत्त बानेश्वरले ३ पुरुष र प्रहरी वृत्त सिंहदरबारले एक जना महिलालाई पक्राउ गरेको जिल्ला प्रहरी परिसर काठमाडौंले जनाएको छ।

रित शाहीको ठाउँमा परीक्षा दिन आएका कालिकोट घर भई ललितपुरको धापाखेल बस्ने २२ वर्षीय अभिषेक शाही पक्राउ परेका हुन्।

हिक्मतबहादुर थापाको ठाउँमा कञ्चनपुर पुनर्वास नगरपालिका वडा नम्बर १ का २४ वर्षीय इशाक तामाङ परीक्षा दिन आएका थिए।

उनी पनि पक्राउ परेका छन्। त्यस्तै शर्मिला शाहीको सट्टामा परीक्षा दिने दोलखा घर भई स्वयम्भू बस्ने तृप्ती सुन्दास पक्राउ परेकी छन्।

कञ्चनपुर पुनर्वास १, घर भई हाल मित्रनगर बस्ने २२ वर्षीय पारस बुढालाई प्रहरीले पक्राउ गरेको छ।

उनी रोशन खत्रीको नाममा परीक्षा दिन आएका थिए। दार्चुला घर भई हाल कीर्तिपुर बस्ने २० वर्षीय रविन्द्र महरा सविन महराको नाममा परीक्षा दिन आउँदा पक्राउ परेका हुन्।

बैतडी घर भई मित्रनगर बस्ने २१ वर्षीय दिनेश चन्द प्रदीप बस्यालको नाममा परीक्षा दिन आउँदा पक्राउ परेका थिए। पक्राउ परेकाहरूमाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077