काठमाडौं । सदनमा विश्वासको मत नपाएका पुष्पकमल दाहाल ‘प्रचण्ड’ कामचलाउ प्रधानमन्त्री तोकिएका छन् ।
राष्ट्रपति कार्यालयले नयाँ सरकार गठन नभएसम्मका लागि उनको मन्त्रिमण्डललाई कार्य सञ्चालन गर्ने जिम्मेवारी तोकेको हो ।
प्रचण्डले विश्वासको मत नपाएको सम्बन्धी सभामुख देवराज घिमिरेको पत्रपछि प्रचण्ड सरकारलाई कार्य सञ्चालनको जिम्मेवारी दिइएको विज्ञप्तिमा जनाइएको छ ।
Leave a Reply