Online Nepal
  • शनिबार, १९ असोज २०८१
  • एनआईसी एशिया बैंकद्वारा जरिवाना तथा हर्जाना रकममा सतप्रतिशत छुट योजना सार्वजनिक

    एनआईसी एशिया बैंकद्वारा जरिवाना तथा हर्जाना रकममा सतप्रतिशत छुट योजना सार्वजनिक

    अनलाइन नेपाल
  • मंगलबार, २५ असार २०८१
  • 360
    SHARES

    काठमाडौं । ‘बैंक पनि साथी पनि, राम्रो पनि हाम्रो पनि’ मूल नाराका साथ उत्तरदायी बैंकिङको अभ्यास गर्दैआएको एनआईसी एशिया बैंकले देशको आर्थिक शिथिलताका कारण बैंकको कर्जा ग्राहकहरुमा परेको असरलाई न्यूनीकरण गर्न सघाउ पुर्‍याउने उद्देश्यले जरिवाना तथा हर्जाना भुक्तानीमा छुट सम्बन्धी योजना ल्याएको छ ।

    २०८० चैत मसान्तसम्ममा भाखा नाघेका कर्जाहरुको हकमा सम्बन्धित ऋणीले सम्पूर्ण कर्जा रकम २०८१ असार महिनाभित्र चुक्ता भुक्तान गरेमा जरिवाना तथा हर्जाना रकममा सतप्रतिशत छुट र साधारण वक्यौता ब्याजमा समेत बैंकले छुट प्रदान गर्ने योजना ल्याएको हो।



    यस्तो छ छुट योजना



    मासिक तथा त्रैमासिक किस्ताबन्दीमा भुक्तानी हुने वा चालूपुँजी कर्जा तथा अन्य रिभल्विङ प्रकृतिका कर्जाहरू लगायत बैंकबाट प्रवाह भएका कुनै पनि प्रकारका कर्जाहरूमा आर्थिक शिथिलताका कारणले मर्कामा परेका ग्राहक महानुभावहरूले यस योजनामा सहभागी भई लाभ लिन सक्ने बैंकले जनाएको छ ।

    बैंकद्वारा जारी विज्ञप्तिमा भनिएको छ–‘यस असाधारण समयमा राष्ट्रिय अर्थतन्त्रको बृहत्तर हितको निमित्त सबै सरोकारवालाहरूले आ–आफ्नो हिसाबले योगदान पु¥याउनुपर्ने आजको टड्कारो आवश्यकतालाई हरसम्भव सम्बोधन गर्न यस बैंकले ऋणीहरूका लागि कर्जामा आकर्षक ब्याज छुटको व्यवस्था गरेको हो ।’

    बैंकले ल्याएको यस छुट योजनाबाट आर्थिक शिथिलताले समस्यामा परेका ग्राहक महानुभावहरूको वित्तीय भार कम गर्न केही हदसम्म भए पनि मद्दत पुग्नुका साथै देशको समग्र अर्थतन्त्रको पुर्नउत्थान एवं दीगो सबलीकरणमा समेत टेवा पुग्ने बैंकले विश्वास लिएको जनाएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार