Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

रुपन्देहीमा बस दुर्घटना

टवल । रुपन्देही तिलोत्तमा आज बिहान बस दुर्घटनामा परेको छ ।

प्रहरी चौकी ड्राइभरटोलका अनुसार बुटवलदेखि भैरहवातर्फ जाँदै गरेको लु २ ख २७९२ नम्बरको बस आफै अनियन्त्रित भई सडकमा पल्टेको हो ।

तिलोत्तमा २ शंकरनगरमा बिहानै बस दुर्घटना हुँदा ८ जना घाइते भएको प्रहरीले जनाएको छ ।

बसमा सवार ८ जना घाइते मध्ये सहचालकको अवस्था मध्यम रहेको छ । अन्य सामान्य घाइते भएको प्रहरीले जनाएको छ । बसमा १६ जना सवार थिए ।

प्रहरीले चालकलाई प्रहरीले नियन्त्रणमा लिएर अनुसन्धान अघि बढाएको जनाएको छ । तीव्र गतिका कारण दुर्घटना भएको हुन सक्ने प्रहरीको अनुमान छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077