Online Nepal
  • सोमबार, १० मंसिर २०८१
  • सुनसरी र मोरङमा तीन घण्टादेखि भारी वर्षा, सतर्क रहन अनुरोध

    सुनसरी र मोरङमा तीन घण्टादेखि भारी वर्षा, सतर्क रहन अनुरोध

    अनलाइन नेपाल
  • मंगलबार, २५ असार २०८१
  • 1.1K
    SHARES

    फाइल तस्विर

    काठमाडौं । सुनसरी र मोरङमा भारी वर्षा भइरहेको छ । जल तथा मौसम विज्ञान विभागका अनुसार पछिल्लो तीन घण्टायता भारी वर्षा भएको हो ।

    सुनसरीको चतरा, धरान, इटहरी, मोरङको केराबारी, लेटाङ, हरैंचा, बाउने र आसपासका क्षेत्रमा भारी वर्षा भएको छ ।



    थप हुने देखिएकाले सेउती, सर्दू, सुनसरी खोला, बूढीखोला, खेसलिया, लोहन्द्रा खोला, चिसाङलगायत सुनसरी मोरङ भएर बग्ने खोलामा आकस्मिक बाढीको जोखिम रहेको विभागले जनाएको छ ।



    दिउँसो १२ बजेसम्म उच्च सतर्कता अपनाउन अनुरोध गरिएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार