Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

एसएसपीविरुद्ध प्रहरी प्रधान कार्यालयको छानविन

काठमाडौं । नेपाल प्रहरी प्रधान कार्यालयले आफ्ना एक सिनियर अधिकृतमाथि आचरणसम्बन्धि विषयमा छानविन थालेको छ ।

नेपाल प्रहरी संघीय कार्यालय, पोखरामा कार्यरत एसएसपी दीपक रेग्मीमाथि छानविन भएको हो ।

रेग्मीविरुद्ध एक व्यक्तिले उजुरी गरेका छन् । आफ्नो श्रीमतीसँग नजिकिएको भन्दै उजुरी दिएको प्रहरी उच्च स्रोत बताउँछ ।

उनीविरुद्ध प्रमाणहरुसहित नै उजुरी परेको छ । जसकारण एसएसपी रेग्मीमाथि कारबाही हुने एक उच्च अधिकारी बताउँछन् ।

नेपाल प्रहरीका बरिष्ठ अधिकृतहरु पटक–पटक महिलासम्बन्धि काण्डमा पर्दै आएका थिए ।

एसएसपी योगबहादुर पाल हवल्दारलाई यौन प्रस्ताव गर्दा राजीनामा दिन बाध्य भएका थिए ।

महिला काण्डमा डिएसपी भिमलाल भट्टराईलाई समेत विभागीय कारबाही गरिएको थियो । अन्य केही अधिकृतहरुउपर समेत छानविन भइरहेको प्रहरी स्रोत बताउँछ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077