Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

एक लाख घुससहित नवलपरासी कारागारका कर्मचारी पक्राउ

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नवलपरासी पश्चिममा कारागारका शाखा अधिकृतलाई एक लाख घुससहित पक्राउ गरेको छ ।

कारागार कार्यालय नवलपरासी पश्चिममा कार्यरत कारागार प्रशासक विनोदकुमार दत्तलाई अख्तियारको केन्द्रीय कार्यालय टंगालको टोलीले पक्राउ गरेको हो।

दत्तले कारागारमा काम गरेवापत पाउने सेवा सुविधा दिन सहजीकरण गरिदिने भन्दै घुस लिएको पाइएको अख्तियारका प्रवक्ता नरहरि घिमिरेले बताए ।

उनलाई कारागार प्रशासकको निवासबाट आइतबार पक्राउ गरिएको हो । अख्तियारका प्रवक्ता घिमिरेका अनुसार शाखा अधिकृत दत्तको साथबाट स्रोत नखुलेको अरु ५० हजार रुपैयाँ पनि बरामद गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077