स्याङ्जा । अविरल वर्षाका कारण तुल्सीभञ्ज्याङमा सिद्धार्थ राजमार्ग भासिएको छ ।
शुक्रबारदेखि परेको अविरल वर्षाले गल्याङ नगरपालिका–११ तुल्सीभञ्ज्याङस्थित सुनौली–पोखरा जोड्ने सिद्धार्थ राजमार्गको झण्डै ५० मिटर सडक भासिएको हो।
जिल्ला प्रहरी कार्यालय स्याङ्जाकाअनुसार गएराति सडक भासिएको छ ।
सडक भासिएपछि सवारीसाधन र यात्रु बीच बाटोमै अलपत्र परेका छन्।
वर्षा निरन्तर रूपमा भइरहेकाले सिद्धार्थ राजमार्गका विभिन्न स्थानमा पहिरो खस्ने क्रम रोकिएको छैन।
ग्रामीण क्षेत्रका सहायक मार्ग पनि वर्षासँगै पहिरो आएकाले अवरुद्ध छन् ।