Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

खराब मौसमका कारण हवाई सेवा प्रभावित, आन्तरिक उडान 'डिले'

काठमाडौं । अविरल वर्षाका कारण त्रिभुवन अनतर्राष्ट्रिय विमानस्थलबाट हुने उडान र अवतरण प्रभावित भएको छ।

विमानस्थलकाअनुसार आन्तरिक उडानहरू डिले भएका छन् । भिजिबिलिटी कम भएका कारण आन्तरिकतर्फको हवाई सेवा प्रभावित भएको हो।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल कार्यालयका अनुसार शुक्रबार रातिदेखि परेको वर्षाका कारण आन्तरिक उडानहरू प्रभावित भएका छन्।

वर्षाले भिजिबिलिटी कम हुँदा उडान र अवतरण प्रभावित भएको कार्यालयले जनाएको छ।

मौसमका कारण आइतबार बिहानलाई तय भएका आन्तरिक तर्फका अधिकांश उडान 'डिले' (ढिलाइ) भइरहेका छन्।

बिहान ६ बजेदेखि आन्तरिक उडानहरू डिले भइरहेको कार्यालयले जनाएको छ।

काठमाडौंबाट सुर्खेतका लागि तय भएको एउटा उडान भने रद्द नै भएको छ । अन्तर्राष्ट्रिय उडान भने नियमित छन् ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077