Online Nepal
  • शनिबार, १९ असोज २०८१
  • बाढीपहिरो पीडितको उद्धार र राहतमा जुट्न प्रधानमन्त्री प्रचण्डको अपिल

    बाढीपहिरो पीडितको उद्धार र राहतमा जुट्न प्रधानमन्त्री प्रचण्डको अपिल

    अनलाइन नेपाल
  • आइतबार, २३ असार २०८१
  • 336
    SHARES

    काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले बाढी–पहिरो पीडितको उद्धार र राहतमा सक्रिय हुन नेपाल सरकारका सम्पूर्ण निकायलाई निर्देशन दिएका छन् ।

    आइतबार बिहान सामाजिक सञ्जालमार्फत् उनले यस्तो निर्देशन दिएका हुन् । सरकारको प्रयासमा सार्थक हातेमालोका निम्ति राजनीतिक दल, नागरिक समाज र सामाजिक संस्थाहरूसँग पनि उनले अपिल गरे ।



    अविरल वर्षापछि आएको बाढी पहिरोका कारण देशका विभिन्न भूभागमा भएको धनजनको क्षतिप्रति गहिरो दुख व्यक्त गर्दछु। प्राकृतिक प्रकोपबाट पीडित नागरिकको उद्धार र राहतमा सक्रिय हुन नेपाल सरकारका सम्पूर्ण निकायलाई निर्देशित गर्दछु, प्रचण्डले भनेका छन् ।



    यस वर्ष उच्च वर्षा हुने प्रक्षेपण भइरहेकाले बाढी पहिरोबाट हुनसक्ने सम्भावित क्षति र जोखिम न्यूनीकरण गर्न व्यवस्थित सरकारले विपद् व्यवस्थापन तथा जोखिम न्यूनीकरण समितिको बैठक राखेर आवश्यक पूर्व तयारीको काम गरिरहेको पनि उनले जानकारी दिए ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार