Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

कांग्रेस सचेतक लेखकले भने - अग्रगमनका लागि संविधान संशोधन आवश्यक छ

काठमाडौं । नेपाली कांग्रेसका प्रमुख सचेतक रमेश लेखकले संविधान संशोधन पश्चगमनका लागि नभइ अग्रगमनका लागि हुने बताएका छन् ।

शनिबार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै प्रमुख सचेतक लेखकले यस्तो बताएका हुन् ।

उनले ठगी गर्नेहरुलाई संरक्षण गर्न सरकारका मुख्य निकायहरु खटाएर दुरुपयोग गरिएको बताए ।

प्रमुख सचेतक लेखकले ठगी गर्ने मानिसलाई संरक्षण गर्न शक्तिशाली निकायको प्रयोग गरिएको बताए ।

प्रमुख सचेतक लेखकले भने,'अहिले एउटा नयाँ प्रयोग हामीले ल्याएका छौँ। धेरै नयाँ त होइन, पुरानो प्रयोग नै हो । मुलुकमा यस्तै, यहाँ एक जना वक्ता बोलिरहनुभएको छ, भाषण गरिरहनुभएको छ, भाषण सकिनु भन्दा पहिला अर्को सरकार बन्ने स्थिति छ । त्यो स्थिति अब यसपछि अघि नबढोस् । राजनीतिक स्थिरता कायम हुन सकोस् ।'

प्रमुख सचेतक लेखकले संघीय लोकतान्त्रिक गणतन्त्रतात्मक शासन व्यवस्था र समावेशिताको मुद्दालाई थप सुदृढ गर्न, थप उन्नत बनाउनका लागि संविधानको संशोधन गर्ने प्रस्तावमाथि छलफल अघि बढेको बताए ।

प्रमुख सचेतक लेखकले सहकारीका ठग जोगाउनका लागि राज्य सत्ताको दुरुपयोग गरिएको आरोप लगाए ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077