Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

पहिरोले बीपी राजमार्ग र मध्य पहाडी लोकमार्ग अवरुद्ध

काठमाडौं । अविरल वर्षासँगैको पहिरोले बीपी राजमार्ग अवरुद्ध भएको छ ।

सिन्धुलीको सुनकोशी गाउँपालिका-२ कमिरेफाडमा पहिरोले सडक अवरुद्ध भएको हो ।

यस्तै, सिन्धुलीकै गोलन्जोर गाउँपालिका-६ अक्करेभिरमा पहिरो जाँदा मध्य पहाडी लोकमार्ग पनि अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीले जनाएको छ ।

दुवै सडकमा पहिरो हटाएर यातायात सञ्चालन गर्ने तयारी रहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077