Online Nepal
  • शनिबार, १९ असोज २०८१
  • काठमाडौँ उपत्यकामा भारी वर्षा, ललितपुरमा बाढीको चेतावनी

    काठमाडौँ उपत्यकामा भारी वर्षा, ललितपुरमा बाढीको चेतावनी

    अनलाइन नेपाल
  • शनिबार, २२ असार २०८१
  • 948
    SHARES

    फाइल तस्विर

    काठमाडौं । काठमाडौं उपत्यकामा रातिदेखि निरन्तर वर्षा भइरहेको छ ।

    बढी पूर्वानुमान महाशाखाका अनुसार उपत्यकाका विभिन्न वर्षा मापन केन्द्रमा मध्यम तथा भारी वर्षा मापन भएको हो ।



    थप वर्षा हुन सक्ने सम्भावना रहेकोले उपत्यकाको नदी तटीय क्षेत्रमा उच्च सतर्कता अपनाउन महाशाखाको अनुरोध छ ।



    ललितपुरस्थित खोड्कु खोला झरुवारासी जलमापन केन्द्रमा हालको जलसतह सतर्कता तह पार गरेको छ ।

    जलसतह बढ्दो क्रममा रहेको तथा नदी तटीय क्षेत्रमा बाढीको जोखिम रहेकाले उच्च सतर्कता अपनाउन भन्दै महाशाखाले एसएमएस अलर्ट जारी गरेको हो ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार