Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

काठमाडौँ उपत्यकामा भारी वर्षा, ललितपुरमा बाढीको चेतावनी

काठमाडौं । काठमाडौं उपत्यकामा रातिदेखि निरन्तर वर्षा भइरहेको छ ।

बढी पूर्वानुमान महाशाखाका अनुसार उपत्यकाका विभिन्न वर्षा मापन केन्द्रमा मध्यम तथा भारी वर्षा मापन भएको हो ।

थप वर्षा हुन सक्ने सम्भावना रहेकोले उपत्यकाको नदी तटीय क्षेत्रमा उच्च सतर्कता अपनाउन महाशाखाको अनुरोध छ ।

ललितपुरस्थित खोड्कु खोला झरुवारासी जलमापन केन्द्रमा हालको जलसतह सतर्कता तह पार गरेको छ ।

जलसतह बढ्दो क्रममा रहेको तथा नदी तटीय क्षेत्रमा बाढीको जोखिम रहेकाले उच्च सतर्कता अपनाउन भन्दै महाशाखाले एसएमएस अलर्ट जारी गरेको हो ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077