Online Nepal
  • शनिबार, १९ असोज २०८१
  • सेवानिवृत्त एआईजी जोशी र डीआईजी पोखरेललाई आईजीपी कुँवरले गरे विदाइ

    सेवानिवृत्त एआईजी जोशी र डीआईजी पोखरेललाई आईजीपी कुँवरले गरे विदाइ

    अनलाइन नेपाल
  • शुक्रबार, २१ असार २०८१
  • 2.4K
    SHARES

    काठमाडौं । प्रहरी महानिरीक्षक बसन्त बहादुर कुँवरले प्रहरी सेवाबाट हालै सेवानिवृत्त भएका एआईजी उमेश राज जोशी र डीआईजी पोष राज पोखरेललाई विदाइ गरेका छन् ।

    शुक्रबार नेपाल प्रहरी प्रधान कार्यालयमा आयोजित एक कार्यक्रमबीच आईजीपी कुँवरले उनीहरुको विदाइ गरेका हुन् ।



    बिदाइ समारोहलाई सम्बोधन गर्दै प्रहरी महानिरीक्षक कुँवरले संगठनले सुम्पिएका हरेक जिम्मेवारी सफलतापूर्वक सम्पन्न गरी सेवानिवृत्त भएका वरिष्ठ प्रहरी अधिकृतहरूको व्यवसायिकता, संगठन प्रतिको निष्ठा, बहुआयामिक प्रतिभा, लगनशीलता, नैतिकता र इमानदारिताको उच्च प्रशंसा गरे ।



    प्रहरी महानिरीक्षक कुँवरले संगठनमा सक्रिय सदस्यको रूपमा रहँदा योग्य, अनुशासित, अनुभवि र निष्ठावान् सदस्यको रूपमा आफूलाई परिचित गराउँदै सेवा अवधि सफलतापूर्वक निर्वाह गरेकोमा बधाई समेत दिए ।

    संगठनले सुम्पिएका हरेक पदीय दायित्व सफलतापूर्वक निर्वाह गरी हासिल गरेको अनुभव तथा विज्ञता संगठनको हितका लागि सदैव आवश्यक हुने भएकोले आगामी दिनमा समेत सेवानिवृत्त अधिकृतहरूको उपलब्धीमूलक सत्प्रयासको अपेक्षा रहेको उनले उल्लेख गरे ।

    सो अवसरमा प्रहरी महानिरीक्षक कुँवले सेवानिवृत्त भएका प्रहरी अतिरिक्त महानिरीक्षक जोशी र प्रहरी नायव महानिरीक्षक पोखरेललाई मायाको चिनो प्रदान गरे ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार