Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

जसपाका मन्त्रीले प्रधानमन्त्री प्रचण्डसमक्ष राजीनामा बुझाए

काठमाडौं । अशोक राई नेतृत्वको जनता समाजवादी पार्टीबाट सरकारमा सहभागी मन्त्रीहरूले प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड'समक्ष राजीनामा बुझाएका छन् ।

शुक्रवार साँझ प्रधानमन्त्री निवास बालुवाटार पुगेर उनीहरूले राजीनामा बुझाएका हुन् ।

राजीनामा बुझाउनेमा स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप यादव र वन तथा वातावरणमन्त्री नवल किशोर साह सुडी छन् ।

जसपाले नेकपा ९माओवादी केन्द्र०का अध्यक्ष प्रचण्ड नेतृत्वको सरकारलाई दिएको समर्थन शुक्रवार नै फिर्ता लिएको थियो ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077