Online Nepal
  • सोमबार, १० मंसिर २०८१
  • विद्यालय पोशाक खरिदमा झण्डै १० लाख भ्रष्टाचार, प्रशासकीय अधिकृतसहित ४ जनाविरुद्ध मुद्दा

    विद्यालय पोशाक खरिदमा झण्डै १० लाख भ्रष्टाचार, प्रशासकीय अधिकृतसहित ४ जनाविरुद्ध मुद्दा

    अनलाइन नेपाल
  • शुक्रबार, २१ असार २०८१
  • 423
    SHARES

    काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले धनुषाको मिथिलाबिहारी नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृतसहित ४ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ ।

    अख्तियारले विद्यालयमा पोशाक खरिदमा भ्रष्टाचार गरेको आरोपमा प्रशासकीय अधिकृत रामदरश यादव, लेखापाल सुभाषकुमार झासहित ४ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको हो।



    यादव, झाका साथै जिन्सी शाखाका प्रमुख खरिदार उपेन्द्र यादव र होजियारी उद्योग, जनकपुरधाम-२ का प्रोप्राइटर रामसुन्दर साह तेलीविरुद्ध शुक्रबार विशेष अदालतमा मुद्दा दायर गरिएको छ।



    आर्थिक वर्ष २०७९/०८० मा उक्त नगरपालिकाको वडा नम्बर ९ मा सञ्चालित विद्यार्थी सिकाई अभिवृद्धि कार्यक्रम अन्तर्गत कुनै काम नगरी भुक्तानी दिएको भन्दै मुद्दा दायर गरिएको हो।

    ​​ विद्यालयमा पोशाक खरिद गर्दा सार्वजनिक खरिद ऐन र सार्वजनिक खरिद नियमावली बमोजिम लागत अनुमान तयार गरी कम्तीमा ३ वटा आपूर्तिकर्तासँग लिखित रुपमा दरभाउ पत्र माग गरी खरिद मूल्यांकन समितिबाट निर्णय गराउनु पर्नेमा सो नगरेको अभियोगपत्रमा उल्लेख छ ।

    खरिद मूल्यांकन समितिको बैठकमार्फत मूल्यांकनसमेत नगराइ कार्यालयको टिप्पणी आदेशमार्फत मूल्यांकन गरी पेन्ट, स्कर्ट, सर्ट, जुत्ता, टाई, बेल्ट र मोजासमेत गरी ७ प्रकारका पोशाक सामग्री एकमुस्ट रुपमा २९५ सेट बापत ९ लाख ९६ हजार ६६० रुपैयाँ भुक्तानी दिएको अभियोगपत्रमा उल्लेख छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार