Online Nepal
  • सोमबार, ८ पुष २०८१
  • बागमती प्रदेश सरकारबाट बाहिरिँदै एमाले

    बागमती प्रदेश सरकारबाट बाहिरिँदै एमाले

    अनलाइन नेपाल
  • शुक्रबार, २१ असार २०८१
  • 468
    SHARES

    हेटौंडा। बागमती प्रदेश सरकारबाट नेकपा एमाले बहिरिने भएको छ ।

    कांग्रेस र एमालेबीच भएको नयाँ सहमतिपछि एमालेले बागमती सरकार छाड्न लागेको हो ।



    आजै एमालेका मन्त्रीहरूले राजीनामा बुझाउने भएका छन् ।



    चार महिनाअघि चैत १७ गते माओवादी केन्द्रका शालिकराम जम्कट्टेल नेतृत्वको सरकारमा एमाले दोस्रोपटक सहभागी भएको थियो ।

    बागमतीमा आर्थिक मामिलामन्त्री जगन्नाथ थपलियासहित एमालेका पाँचजना मन्त्री छन् ।

    अन्य मन्त्रीमा उघोग, वाणिज्य भूमि तथा प्रशासनमन्त्री प्रकाश श्रेष्ठ , वन तथा वातावरणमन्त्री केशव पोखरेल, स्वास्थ्यमन्त्री रामेश्वर श्रेष्ठ र जलश्रोत, ऊर्जा तथा खानेपानी मन्त्री एकलाल श्रेष्ठ छन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार