Online Nepal
  • आइतबार, २३ असार २०८१
  • प्रधानमन्त्री प्रचण्डले राजीनामा नदिने, विश्वासको मत लिने

    प्रधानमन्त्री प्रचण्डले राजीनामा नदिने, विश्वासको मत लिने

    अनलाइन नेपाल
  • बिहिबार, २० असार २०८१
  • 6.3K
    SHARES

    काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राजीनामा नदिने भएका छन् ।

    बिहीबार बालुवाटारमा बसेको मन्त्रिपरिषद्को बैठकबाट उनले राजीनामा नदिएर विश्वासको मत लिने निर्णय गरेका हुन् । प्रधानमन्त्रीले विश्वासको मतको सामना गर्ने सञ्चारमन्त्री रेखा शर्माले जानकारी दिइन् ।



    ‘सरकारले राजीनामा पनि दिँदैन, ३० दिन पनि काट्दैन । संवैधानिक, कानुनी व्यवस्थाअनुरूप प्रधानमन्त्रीले संसद्‌मा विश्वासको मतको सामना गर्ने बताउनुभएको छ । कुन दिन गर्ने भन्ने निर्णय भएको छैन, हामी सकेसम्म छिटो विश्वासको मतको फेस गर्छौं,’ मन्त्री शर्माले भनिन् ।



    प्रमुख सत्ता साझेदार दल नेकपा ९एमाले०ले समर्थन फिर्ता लिएपछि प्रचण्ड नेतृत्वको सरकार अल्पमतमा परेको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार