Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

अमेरिकाले युक्रेनलाई थप २.३ अर्ब डलर सैन्य सहयोग गर्ने

एजेन्सी । संयुक्त राज्य अमेरिकाले चाँडै युक्रेनका लागि २.३ अर्ब डलर भन्दा बढी सैन्य सहयोगको घोषणा गर्ने अमेरिकी रक्षा सचिव लोयड अस्टिनले मङ्गलबार बताएका छन् ।

'राष्ट्रपति ड्रडाउन प्राधिकरणअन्तर्गतको यो प्याकेजले नयाँ हवाई रक्षा इन्टरसेप्टर, एन्टी–ट्याङ्क हतियार र अमेरिकी इन्भेन्टरीबाट अन्य महत्वपूर्ण हतियारहरू प्रदान गर्नेछ,' अस्टिनले युक्रेनी रक्षामन्त्री रूस्टेम उमेरोभसँगको बैठकमा बताएका हुन्।

यस वर्षको सुरुमा युक्रेनमा लगभग ६१ अर्ब अमेरिकी डलर सहयोग स्वीकृत गर्ने कानुन काङ्ग्रेसले पारित गरेदेखि अमेरिकाले युक्रेनका लागि नियमित प्याकेजहरू घोषणा गर्दै आएको सिएनएनले जनाएको छ ।

अमेरिकाले हालै युक्रेनलाई हवाई रक्षा क्षमता प्राप्त गर्ने सूचीमा अन्य देशभन्दा शीर्ष स्थानमा राखेको छ ।

'यदि हाम्रा कुनै पनि साझेदार युक्रेनको अहिले जस्तो अवस्थामा थिए भने हामी उनीहरूलाई मद्दत गर्न हरसम्भव प्रयास गर्ने थियौ । अहिले युक्रेनलाई मद्दतको खाँचो छ,' ह्वाइट हाउसका एक अधिकारीले सिएनएनसँग भने।

यो घोषणा अमेरिका र युक्रेनले दीर्घकालीन द्विपक्षीय सुरक्षा सम्झौतामा हस्ताक्षर गरेको केही हप्तापछि आएको हो जसमा अमेरिकाले युक्रेनको सशस्त्र सेनालाई १० वर्षको प्रशिक्षण दिने, सैन्य सहयोग प्रदान गर्ने र गुप्तचर साझेदारी बढाउने प्रतिबद्धता जनाएको छ ।

अस्टिनले अमेरिकाले ‘युक्रेनका लागि नेटो सदस्यता प्राप्तिका लागि पुल निर्माण गर्न सहयोग गर्ने’ पनि बताए।

घोषणापछि उमेरोभले अस्टिनलाई उनको समर्थनका लागि धन्यवाद दिए । साथै युक्रेन भविष्यको नेटो सदस्य बन्ने सम्भावनाबारे छलफल गर्न इच्छुक रहेको बताए ।

'आशा छ, युक्रेनले चाँडै नै यसको निमन्त्रण प्राप्त गर्नेछ,' नेटोबारे रक्षामन्त्री उमेरोभले भने । रासस

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077