Online Nepal
  • शनिबार, १९ असोज २०८१
  • गृहमन्त्री लामिछानेविरुद्धको रिटमा आज सुनुवाइ

    गृहमन्त्री लामिछानेविरुद्धको रिटमा आज सुनुवाइ

    अनलाइन नेपाल
  • बिहिबार, २० असार २०८१
  • 282
    SHARES

    काठमाडौं । गृहमन्त्री रवि लामिछानेको निलम्बन मागिएको रिटमा आज सुनुवाइ हुँदैछ ।

    यही असार ७ गते सर्वोच्चका न्यायाधीशद्वय सपना प्रधान मल्ल र शारंगा सुवेदीको इजलासमा परेको रिट त्यसयता हेर्दा हेर्दैमा राखिएको छ ।



    यही इजलासले टुंग्याउने गरी सुनुवाइ अघि बढेको लामिछानेको रिटमा आज जवाफी बहस मात्र हुनेछ ।



    मंगलबार रिटकर्ता अधिवक्ता अनुपम भट्टराई र सहकारीपीडितका तर्फबाट जवाफी बहस भएको थियो ।

    अब केही अधिवक्ताले जवाफी बहस गरेपछि लामिछानेको सहकारी ठगी प्रकरणमा अनुसन्धानका लागि निलम्बन हुने अथवा नहुने आदेश हुनेछ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार