Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

एमालेका मन्त्रीहरुलाई बालुवाटारमा प्रचण्डले सुनाए गीत - माया गर्नु एउटा भुल गरेँ

काठमाडौं । राजीनामा दिन गएका नेकपा एमालेका मन्त्रीहरुलाई प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड'ले गीत सुनाएर पठाएका छन् ।

बुधबार बेलुकी साढे ८ बजे एमालेका ८ मन्त्री सामुहिक राजीनामा बुझाउन बालुवाटार पुगेका थिए । तर उपप्रधानमन्त्री रघुवीर महासेठसहित मन्त्रीहरुको राजीनामा पत्र बुझ्दै प्रचण्डले उनीहरुलाई फत्तेमान राजभण्डारीको गीत सुनाएका हुन् ।

उनीहरुलाई एउटा कुरा सुनाउँछु भन्दै उनले फत्तेमानको गीत गाए ।

यस्तो पनि हुँदो रैछ जिन्दगीमा कैले कैले, कसैलाई माया गर्नु एउटा भुल गरे मैले’ । एमालेका मन्त्रीहरुले सामुहिक राजीनामा दिएसँगै प्रचण्ड सरकार अल्पमतमा परेको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077