Online Nepal
  • शनिबार, १९ असोज २०८१
  • अछाम प्रहरी प्रमुखमा इश्वरी प्रसाद भण्डारी

    अछाम प्रहरी प्रमुखमा इश्वरी प्रसाद भण्डारी

    अनलाइन नेपाल
  • बुधबार, १९ असार २०८१
  • 1.6K
    SHARES

    अछाम । अछाम प्रहरी प्रमुखका रूपमा प्रहरी नायब उपरीक्षक (डीएसपी) इश्वरी प्रसाद भण्डारी आएका छन् । उनी बुधबार जिल्ला प्रहरी कार्यालय अछाममा हाजिर भएका हुन् ।

    उनलाई प्रहरी निरीक्षकद्वय खगेन्द्र साउद, जय पार्की लगायत जिल्ला प्रहरी कार्यालय अछाममा कार्यरत प्रहरी कर्मचारीहरुले स्वागत गरेका थिए ।



    यसअघिका प्रहरी प्रमुख सन्तोष पाठक हेडक्वाटरमा सरुवा भएपछि उनको स्थानमा भण्डारी आएका हुन् । यहाँ एक वर्षको बसाईपछि उनी प्रहरी प्रधान कार्यालयमा काज सरुवा भएका थिए ।



    साथै  डीएसपी भण्डारीले आजै जिल्ला प्रहरी कार्यालय अछामको निरीक्षण गरेका थिए भने सम्पुर्ण प्रहरी कर्मचारीहरुलाई अमुल्य बिभागीय निति निर्देशनसमेत दिएका छन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार