Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

कैलालीमा भारी वर्षा, उच्च सतर्कता अपनाउन आग्रह

काठमाडौं । कैलालीमा गएराति देखि भारी वर्षा भइरहेको छ ।

भारी वर्षासँगै जिल्लाको ​कान्द्रा नदीको जलसतहले सतर्कता तह पार गरेको हो ।

जलसतह बढ्दो क्रममा रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।

नदी तटीय क्षेत्र र डुबान भइरहने क्षेत्रमा उच्च सतर्कता अपनाउन विभागले आग्रह गरेको हो ।

कैलालीसँगै गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका थोरै स्थान, बागमती र मधेश, प्रदेशका थोरै स्थानमा हाल मेघ गर्जनरचट्याङ्गसहित हल्कादेखि मध्यम वर्षा भइरहेको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077