Online Nepal
  • शनिबार, १९ असोज २०८१
  • गृहमन्त्री रविको निलम्बन मागिएको रिटको पेशी आज

    गृहमन्त्री रविको निलम्बन मागिएको रिटको पेशी आज

    अनलाइन नेपाल
  • मंगलबार, १८ असार २०८१
  • 471
    SHARES

    काठमाडौं । गृहमन्त्री रवि लामिछानेलाई निलम्बन गर्न माग राख्दै हालिएको रिटको पेशी आज हुँदैछ ।

    असार ७ गते ‘हेर्दाहेर्दै’मा परेको रिटमा मंगलबार पेशी तोकिएको हो ।



    सर्वोच्च अदालतका न्यायाधीशद्वय सपना प्रधान मल्ल र सारंगा सुवेदीको संयुक्त इजलासमा परेको रिटमाथिको सुनुवाइ नसकिएपछि ‘हेर्दाहेर्दै’मा राखिएको थियो।



    सहकारी ठगीमा नाम जोडिएका गृहमन्त्री लामिछानेलाई महान्यायाधिवक्ता कार्यालयले पत्र दिँदै कतै पनि उजुरी र अभियोजन नरहेको बताएपछि अधिवक्ता अनुपम भट्टराईले रिट दायर गरेका थिए।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार