Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

एक लाख घुससहित सव–इन्जिनियर पक्राउ

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ताप्लेजुङको फुङ्लिङ नगरपालिकाका सव–इन्जिनियर अख्तर हुसेनलाई घुससहति पक्राउ गरेको छ ।

अख्तियारको इटहरीबाट खटिई गएको टोलीले हुसेनलाई सेवाग्राहीबाट एक लाख रुपियाँ घुस रकम लिइसकेको अवस्थामा पक्राउ गरेको हो ।

फुङलिङ नगरपालिका, वडा नं. ४ न्यूरोड ट्याक्सी स्ट्यान्ड नजिकबाट उनलाई पक्राउ गरिएको अख्तियारका प्रवक्ता नरहरि घिमिरेले जानकारी दिए ।

उनले खेलकुद मैदान निर्माण कार्यमा सेवाग्राहीसँग एक लाख रुपियाँ घुस मागेको प्रवक्ता घिमिरेले बताए । उनीमाथि थप अनुसन्धान भइरहेको बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077