Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

मन्त्रिपरिषद् बैठकमा प्रचण्डले भने - अहिलेको सरकार लामै सयम जान्छ, हल्लामा सत्यता छैन

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड'ले अहिले तत्काल गठबन्धन भत्किने कुनै सम्भावना नभएको दाबी गरेका छन् ।

सरकार परिवर्तनको हल्लाका बीच सोमबारको मन्त्रिपरिषद् बैठकमा प्रचण्डले यस्तो दाबी गरेका हुन् ।

उनले सत्ता गठबन्धनमा असमझदारी बढ्यो भनेर बाहिर भएको चर्चामा कुनै सत्यता नभएको ब्रिफिङ गरे ।

आज बसेको मन्त्रिपरिषद्को बैठकमा प्रधानमन्त्रीले बाहिर भएको चर्चाको विषयमा जानकारी गराएको सरकारकी प्रवक्ता रेखा शर्माले जानकारी दिइन् ।

अहिले राष्ट्रिय सहमतिको सरकार बनाउने विषयमा पनि कुनै छलफल नभएको पनि मन्त्री शर्माको भनाई छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077