Online Nepal
  • शनिबार, १९ असोज २०८१
  • मन्त्रिपरिषद् बैठकमा प्रचण्डले भने – अहिलेको सरकार लामै सयम जान्छ, हल्लामा सत्यता छैन

    मन्त्रिपरिषद् बैठकमा प्रचण्डले भने – अहिलेको सरकार लामै सयम जान्छ, हल्लामा सत्यता छैन

    अनलाइन नेपाल
  • सोमबार, १७ असार २०८१
  • 825
    SHARES

    काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अहिले तत्काल गठबन्धन भत्किने कुनै सम्भावना नभएको दाबी गरेका छन् ।

    सरकार परिवर्तनको हल्लाका बीच सोमबारको मन्त्रिपरिषद् बैठकमा प्रचण्डले यस्तो दाबी गरेका हुन् ।



    उनले सत्ता गठबन्धनमा असमझदारी बढ्यो भनेर बाहिर भएको चर्चामा कुनै सत्यता नभएको ब्रिफिङ गरे ।



    आज बसेको मन्त्रिपरिषद्को बैठकमा प्रधानमन्त्रीले बाहिर भएको चर्चाको विषयमा जानकारी गराएको सरकारकी प्रवक्ता रेखा शर्माले जानकारी दिइन् ।

    अहिले राष्ट्रिय सहमतिको सरकार बनाउने विषयमा पनि कुनै छलफल नभएको पनि मन्त्री शर्माको भनाई छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार