Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

नागरिक उन्मुक्तिमा तरंग : दलको नेताबाट रञ्जिता आउट, गंगाको इन्ट्री !

काठमाडौं । नागरिक उन्मुक्ति पार्टी (नाउपा) मा संसदीय दलको नेता गङ्गा चौधरी चयन भएका छन् ।

केन्द्रीय अध्यक्षसमेत रहेकी रञ्जिता श्रेष्ठलाई दलको नेताबाट हटाउँदै बहुमत सांसदले गङ्गालाई दलको नेता बनाएका हुन् ।

चौधरी यसअघि प्रमुख सचेतक थिए । प्रमुख सचेतक रहेका चौधरीलाई दलको नेता चयन गर्दै प्रमुख सचेतकको जिम्मेवारी लालवीर चौधरीलाई दिने निर्णय भएको छ ।

लालवीर चौधरी रेशम चौधरीका बुवा हुन् । नाउपा केन्द्रमा चार सांसद छन्। ती मध्ये तीन जनाले उक्त निर्णयमा हस्ताक्षर गरेका छन् । योसँगै नाउपामा थप विवाद बढ्ने देखिएको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077