Online Nepal
  • सोमबार, ७ असोज २०८१
  • नागरिक उन्मुक्तिमा तरंग : दलको नेताबाट रञ्जिता आउट, गंगाको इन्ट्री !

    नागरिक उन्मुक्तिमा तरंग : दलको नेताबाट रञ्जिता आउट, गंगाको इन्ट्री !

    अनलाइन नेपाल
  • सोमबार, १७ असार २०८१
  • 2.4K
    SHARES

    काठमाडौं । नागरिक उन्मुक्ति पार्टी (नाउपा) मा संसदीय दलको नेता गङ्गा चौधरी चयन भएका छन् ।

    केन्द्रीय अध्यक्षसमेत रहेकी रञ्जिता श्रेष्ठलाई दलको नेताबाट हटाउँदै बहुमत सांसदले गङ्गालाई दलको नेता बनाएका हुन् ।



    चौधरी यसअघि प्रमुख सचेतक थिए । प्रमुख सचेतक रहेका चौधरीलाई दलको नेता चयन गर्दै प्रमुख सचेतकको जिम्मेवारी लालवीर चौधरीलाई दिने निर्णय भएको छ ।



    लालवीर चौधरी रेशम चौधरीका बुवा हुन् । नाउपा केन्द्रमा चार सांसद छन्। ती मध्ये तीन जनाले उक्त निर्णयमा हस्ताक्षर गरेका छन् । योसँगै नाउपामा थप विवाद बढ्ने देखिएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार