Online Nepal
  • सोमबार, ८ पुष २०८१
  • नेताहरू सबै खतम हुन भन्ने भाष्य सिर्जना गर्न खोजियो : प्रधानमन्त्री प्रचण्ड

    नेताहरू सबै खतम हुन भन्ने भाष्य सिर्जना गर्न खोजियो : प्रधानमन्त्री प्रचण्ड

    अनलाइन नेपाल
  • आइतबार, १६ असार २०८१
  • 546
    SHARES

    काठमाडौँ । प्रधानमन्त्री एवं नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले जनताका आशा एवम् अपेक्षा पूरा गर्न सम्पूर्ण लोकतन्त्रवादी राष्ट्रिय शक्ति एकताबद्ध हुनुपर्ने बताएका छन् ।

    नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) को १०औँ राष्ट्रिय महाधिवेशन उद्घाटन समारोहमा बोल्दै उनले यस्तो बताएका हुन् । उनले देशका अगाडि देखापरेका समस्या समाधानका लागि राष्ट्रिय सहमतिको आवश्यकता रहेको बताए ।



    प्रधानमन्त्री दाहालले परिवर्तनको आन्दोलनमा योगदान गरेका नेताले जनअपेक्षा पूरा गर्न फेरि एकपटक सङ्कल्प लिने जरुरी रहेको बताए । उनले भने, “आन्दोलनका नेताले अझ ठूलो परिवर्तनका निम्ति एवम् नेपाली जनताको आशा, अपेक्षा पूरा गर्न फेरी एकपटक सङ्कल्प लिन र एकताबद्ध हुन जरुरी छ ।”



    सबै लोकतन्त्रवादी एवम् देशभक्त शक्ति राष्ट्रिय स्वाधिनता, भौगोलिक अखण्डताको रक्षा एवम् राष्ट्रिय आत्मसम्मानका निम्ति एकठाउँमा उभिन जरूरी रहेको आवश्यकता औँल्याउँदै प्रधानमन्त्री दाहालले नेपाली जनताको लामो सङ्घर्ष र बलिदानबाट प्राप्त सङ्घीय लोकतान्त्रिक गणतन्त्रलाई अझ बढी परिमार्जन गर्न केन्द्रित हुन आह्वान गर्नुभयो ।

    देशमा केही हुँदैन भन्ने भाष्य सिर्जना गर्न खोजिएको उल्लेख गर्दै अध्यक्ष दाहालले निराशा र अतिवादी प्रवृत्तिलाई परास्त गर्दै क्रान्तिकारी आशावादी विचार र सही राजनीतिक कार्यदिशा विकास गरेर कम्युनिष्ट एकता, राष्ट्रिय एकता एवम् राष्ट्रको समुन्नतिका निम्ति स्पष्ट कार्यक्रम लिएर अगाडि बढ्न एकीकृत समाजवादीलाई सुझाव दिए ।

    “देशमा केही भएको छैन, केही छैन, केही हुँदैन, पार्टीहरू सबै खतम छन्, नेताहरू सबै खतम छन् भन्ने भाष्य बनाउन खोजिएको छ, त्यो भाष्य मेरो विचारमा प्रतिक्रियावादी र प्रतिगमनकारी भाष्य हो”, उनले भने, “भ्रष्ट्राचार अभियानलाई निस्तेज पार्ने किसिमका प्रचारवाजी गरिएका छन्, यो गलत छ, त्यसकारण राम्रा कामलाई राम्रो भन्न सक्नुप¥यो, नराम्रालाई नराम्रो भनेर आलोचना गर्नुप¥यो ।”

    हरेक चिज निरन्तर परिवर्तनको प्रवाहमा हुने विश्वास व्यक्त गर्दै अध्यक्ष प्रचण्डले परिस्थितिअनुरूप विश्लेषण गरेर अगाडि बढ्न आग्रह गरे ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार