Online Nepal
  • शुक्रबार, ४ असोज २०८१
  • उपसभामुख रानाको टिप्पणी – संसद बैठकमै सांसदहरू घ्वारघ्वार निदाउनु हुन्छ

    उपसभामुख रानाको टिप्पणी – संसद बैठकमै सांसदहरू घ्वारघ्वार निदाउनु हुन्छ

    अनलाइन नेपाल
  • आइतबार, १६ असार २०८१
  • 234
    SHARES

    काठमाडौं । उपसभामुख इन्दिरा रानाले संसद बैठकमा सांसदहरु निदाउने गरेको टिप्पणी गरेकी छन्।

    संसद भवनमा ६६ औं संसद दिवसको अवसरमा आयोजित कार्यक्रमलाई बोल्दै उपसभामुख रानाले यस्तो बताएकी हुन् ।



    उनले संसद बैठकका बेला सांसदहरु घुर्दै निदाउने गरेको आफूले देखेको बताईन् ।



    उपसभामुख रानाले भनिन्,‘संसदमा फोटो खिच्न मिल्दैन, घ्वारघ्वार सुतिरहेको हुनुहुन्छ माननीयज्यूहरू । यहाँ पनि धेरै जना सुतेको देखेँ। अलिअलि रेकर्ड पनि गरेर राखेको छु।’

    उपसभामुख रानाले संसद बैठकमा सुतेर सपना नदेख्न सांसदहरुलाई सचेत गराइन् ।

    उपसभामुख रानाले महिला मन्त्रालयको बजेट एउटा परियोजनाको बराबर पनि नभएको भन्दै दु:ख व्यक्त गरेकी थिइन्।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार