Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

उपसभामुख रानाको टिप्पणी - संसद बैठकमै सांसदहरू घ्वारघ्वार निदाउनु हुन्छ

काठमाडौं । उपसभामुख इन्दिरा रानाले संसद बैठकमा सांसदहरु निदाउने गरेको टिप्पणी गरेकी छन्।

संसद भवनमा ६६ औं संसद दिवसको अवसरमा आयोजित कार्यक्रमलाई बोल्दै उपसभामुख रानाले यस्तो बताएकी हुन् ।

उनले संसद बैठकका बेला सांसदहरु घुर्दै निदाउने गरेको आफूले देखेको बताईन् ।

उपसभामुख रानाले भनिन्,‘संसदमा फोटो खिच्न मिल्दैन, घ्वारघ्वार सुतिरहेको हुनुहुन्छ माननीयज्यूहरू । यहाँ पनि धेरै जना सुतेको देखेँ। अलिअलि रेकर्ड पनि गरेर राखेको छु।’

उपसभामुख रानाले संसद बैठकमा सुतेर सपना नदेख्न सांसदहरुलाई सचेत गराइन् ।

उपसभामुख रानाले महिला मन्त्रालयको बजेट एउटा परियोजनाको बराबर पनि नभएको भन्दै दु:ख व्यक्त गरेकी थिइन्।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077