Online Nepal
  • आइतबार, १३ असोज २०८१
  • उद्योग विभागमा पौडेललाई ल्याउन धामीको सक्रियता, शाखा अधिकृत खत्री र काफ्लेको रवाफले मन्त्रालयमा हलचल

    उद्योग विभागमा पौडेललाई ल्याउन धामीको सक्रियता, शाखा अधिकृत खत्री र काफ्लेको रवाफले मन्त्रालयमा हलचल

    अनलाइन नेपाल
  • शनिबार, १५ असार २०८१
  • 1.2K
    SHARES

    काठमाडौं । यातायात व्यवस्था विभागमा ४ वर्ष बिताएर मेकानिकल इन्जीनीयरीङ समूहका उपसचिव रामचन्द्र पौडेल उद्योग मन्त्रालयमा सरुवा भएका छन् ।

    यातायात व्यवस्था विभागमा कार्यरत रहँदा अकूत सम्पत्ति कमाएका पौडेल उद्योग विभागमा सरुवा हुनका लागि मन्त्रालयमा छिरेका हुन् ।



    आकर्षक कार्यालयका रूपमा रहेको यातायातमा लामो समय काम गर्दा पनि पौडेलको कार्यालयमै जाने रुचि भने घटेको छैन । उनलाई उद्योगमा छिराउनका लागि उद्योग विभागका विदेशी लगानी शाखामा कार्यरत शंकरसिंह धामीको ठुलै जोडबल रहेको बताइन्छ ।



    भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय मातहतमा हुँदादेखि नै पौडेल र धामीबीच सम्बन्ध सुमधुर हुन पुगेको थियो । धामीले पौडेललाई उद्योग भित्र्याउँदै ८ महिनामै उद्योग विभागबाट प्राविधिक उपसचिव प्रशान्त बोहराको सरुवा भौतिक मन्त्रालयमा हुने भएको छ । आफ्नै सहकर्मीलाई आउट गरी पौडेललाई इन गर्नुमा धामीको ठुलो स्वार्थ रहेको छ ।

    उनी विदेशी लगानीबाट प्रविधि शाखामा आउन चाहिरहेका छन् । विभागमा प्रवेश गर्दादेखि नै प्रविधि शाखा धामीको पहिलो रोजाई थियो । दिलेन्द्रप्रसाद बडू उद्योग मन्त्री हुँदा सुदूरपश्चिमकै नाताले धामी उद्योग विभागमा पुगेका हुन् ।

    बडूपछि रमेश रिजाल उद्योग मन्त्री हुँदा पनि उनले सचिव मुकुन्द निरौलालाई महिनावारी बुझाएर टिक्न सफल भए । हालका मन्त्री दामोदर भण्डारी सुदूरपश्चिमकै भएका कारण धामीलाई अब झन् सहज भएको छ ।

    मुकुन्द निरौला उद्योग सचिव हुँदा लेनदेनबाटै नजिकिएका धामीले पौडेललाई सामान्य प्रशासन मन्त्रालयबाट सरुवा गरी ल्याउन पनि त्यही सम्बन्धले सजिलो भएको छ । धामीमार्फत् पौडेललाई उद्योगमा ल्याउँदा सचिव निरौलाले आर्थिक लाभ लिएको आरोप छ ।

    मन्त्री भण्डारीका निजी सचिव विवेक घिमिरेलाई पनि साथमा लिएर धामीले पौडेललाई सरुवा गरेर ल्याएको चर्चा उद्योग मन्त्रालयमा छ । पौडेललाई उद्योग भित्र्याएर अर्का उपसचिव बोहराको ८ महिनामै सरुवा गरिएको छ । नियमबिपरीत असार ५ गते सरुवा गरी ७ गते सरुवा पत्र पठाइएको छ ।

    पौडेललाई विदेशी लगानी शाखामा राखेर आफू प्रविधि शाखामा जाने धामीको चाहनालाई उद्योग विभागका महानिर्देशक यज्ञराज कोइरालाले पनि पूरा गर्लान् ? त्यो भने हेर्न बाँकी छ । धामी करिब २ वर्षदेखि विदेशी लगानी शाखामा कार्यरत छन् ।

    पौडेललाई उद्योग विभाग लानु नै थियो भने धामीको सरुवा हुनुपर्थ्यो, तर अवधि नपुगी बोहरालाई हटाउनुमा सामान्य प्रशासन मन्त्रालयका सचिव निरौलाको ठुलै योगदान रहेको बताइन्छ । विदेशी लगानी शाखामा बसेर राम्रो कमाइ गरिरहेका धामीलाई अनुमति शाखाका निर्देशक सरोज पोखरेलको पनि साथ रहेको छ ।

    पोखरेल केही समयअघिमात्र मन्त्रीका निजी सचिव घिमिरेकै जोडबलमा पुर्‍याइएका हुन् । विभागमा हरेक महत्वपूर्ण हुँदा एमाले निकट मानिने पोखरेलको अनिवार्य सहमति लिनुपर्ने अवस्था छ । विदेशी लगानी शाखामा धामीको यति कमजोर नेतृत्व छ कि उनलाई सो शाखाबाट केही महिनाअघि गुणस्तर विभागमा सरुवा भएका रहेका शाखा अधिकृत लीला काफ्लेले नै घुमाइरहेका छन् ।

    अझै काफ्लेले विभागका काम लिएर उद्योगीहरूलाई विभागको नेतृत्वसँग भेटघाट गराएर शाखामार्फत काम लिंदैआएका छन् । काफ्ले यति शक्तिशाली छन् कि गुणस्तर विभागका महानिर्देशक ज्योति भट्ट पनि उनका अगाडि नतमस्तक छन् ।

    अहिले मन्त्रालयमा चर्चा हुने गरेको छ, २ शाखा अधिकृत वसन्तबहादुर खत्रीले कम्पनी रजिष्टार र काफ्लेले गुणस्तर विभागको छायाँ रजिष्टार र महानिर्देशकको भूमिका खेल्ने गरेका छन् ।

    मन्त्रीका निजी सचिव घिमिरेलाई खुसी पारी उनकै जोडबलमा काजमा कम्पनी रजिष्टारमा पुगेका खत्री प्रशासन शाखामा कार्यरत छन् । शाखाको नेतृत्वमा घनश्याम न्यौपाने भए पनि खत्रीकै हालीमुहाली छ ।

    उनको रवाफका अगाडि रजिष्टार प्रदीप अधिकारी पनि नतमस्तक देखिएका छन् । उद्योग विभागमा विवादित बनेपछि मन्त्रालयमा सरुवा भएका खत्री श्रम मन्त्रालय अन्तर्गत सरुवा भएको बताइए पनि ३ महिनामै उद्योग मन्त्रालय फर्किएर काजमा कम्पनीमा पुगेका हुन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार