Online Nepal
  • शनिबार, १९ असोज २०८१
  • डीआईजीले गरे गृहमन्त्रीलाई परेको उजुरीको खण्डन [भिडियोसहित]

    डीआईजीले गरे गृहमन्त्रीलाई परेको उजुरीको खण्डन [भिडियोसहित]

    अनलाइन नेपाल
  • शनिबार, १५ असार २०८१
  • 4.4K
    SHARES

    काठमाडौं । काम भन्दा धेरै स्टन्ट गर्ने आरोप खेपिरहेका गृहमन्त्री रवि लामिछाने ‘कलब्याक फ्राइडे’ कार्यक्रम सुरु गरेका छन् ।

    मन्त्रालयका विषयमा ‘गृहमन्त्रीलाई भन्नुस्’ एपमार्फत परेका उजुरीमा सम्बन्धित व्यक्तिलाई नै कलब्याक गरेर गुनासो सम्बोधन गर्ने उद्देश्यले उनले यस्तो कार्यक्रम सुरु गरेका छन् ।



    मन्त्री भएको सय दिन पुगेको अवसरमा उनले यस्तो कार्यक्रम ल्याउने घोषणा गरेका थिए । विगतमा टेलिभिजनमा ‘सिधा कुरा जनतासँग’ चलाएका लामिछानेले शुक्रबार त्यही शैलीमा विभिन्न व्यक्तिहरूलाई फोन गरेर गुनासो सुने ।



    साथै केही सरकारी अधिकारीलाई पनि त्यसबारे स्पष्टीकरण लिएका छन् । त्यसले फोन गरेको भिडियो उनको सचिवालयबाट सार्वजनिक भएको छ ।

    उनले बागमती प्रदेशका प्रहरी प्रमुख डीआईजी विष्णु केसीलाई फोन गरेर मकवानपुर जिल्लामा लामो समयदेखि पाँच प्रहरीलाई घुमुवाका रूपमा खटाइएको विषयमा जानकारी लिए ।

    १३ वर्षसम्म केही प्रहरी त्यहाँ कार्यरत रहेको र उनीहरू सरुवा हुँदा पनि त्यही फर्किएर आउने गरेको विषयमा उनले स्पष्टीकरण लिएका थिए । जसमा डीआईजी केसीले ती प्रहरी घुमुवा नभएको भैँसे, लामाटार लगायत प्रहरी चौकीमा कार्यरत रहेको बताए ।

    उनीहरूलाई १२ क्विन्टल गाँजा बरामद गरेकाले त्यसैको विरोधमा उजुरी गरेको हुनसक्ने भन्दै उजुरी उपर डिआइजी केसीले कलब्याक फ्राइडे कार्यक्रममा उजुरीकै खण्डन गरिदिएका छन् ।

    हेर्नुहोस् भिडियो :

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार