Online Nepal
  • बुधबार, १० पुष २०८१
  • युक्रेनको रक्षा गर्न आवश्यक हतियार र सहायता प्रदान गर्ने ईयुको प्रतिवद्धता

    युक्रेनको रक्षा गर्न आवश्यक हतियार र सहायता प्रदान गर्ने ईयुको प्रतिवद्धता

    अनलाइन नेपाल
  • शुक्रबार, १४ असार २०८१
  • 576
    SHARES

    एजेन्सी । युरोपेली सङ्घ (ईयु) र युक्रेनले सुरक्षा सम्झौता हस्ताक्षर गरेका छन् ।

    ब्रसेल्समा भएको युरोपेली परिषद् शिखर सम्मेलनमा युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले युरोपेली परिषद्का अध्यक्ष चार्ल्स मिसेल र युरोपेली आयोगका अध्यक्ष उर्सुला भोन डेर लेयेनसँगै सुरक्षा सम्झौतामा हस्ताक्षर गरेका हुन् ।



    सम्झौता पछि ईयुले युक्रेनको रक्षा गर्न र रुससँगको युद्धका बेला आवश्यक हतियार, सैन्य प्रशिक्षण र सहायता प्रदान गरिरहने प्रतिवद्धता व्यक्त गरेको बताइएको छ ।



    राष्ट्रपति जेलेन्स्कीले भने सम्झौताले युक्रेनको अशान्त क्षेत्र किभ लगायतका सहरमा शान्ति कायम गर्न मद्दत पुग्ने दाबी गरेका छन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार