Online Nepal
  • बुधबार, ७ कार्तिक २०८१
  • एसईईको ग्रेड वृद्धि परीक्षा साउन १८ र १९ गते हुने

    एसईईको ग्रेड वृद्धि परीक्षा साउन १८ र १९ गते हुने

    अनलाइन नेपाल
  • बिहिबार, १३ असार २०८१
  • 1.1K
    SHARES

    काठमाडौं । माध्यमिक शिक्षा परीक्षा (एसईई)को ग्रेड वृद्धि परीक्षा साउन १८ र १९ गते हुने भएको छ ।

    २ विषयसम्म अनुत्तीर्ण हुने विद्यार्थीका लागि साउन १८ र १९ गते मौका परीक्षा सञ्चालन गरिने राष्ट्रिय परीक्षा बोर्डले जनाएको हो ।



    आज सार्वजनिक भएको नतिजा अनुसार दुई लाख ४२ हजार विद्यार्थीको एनजी (नन ग्रेडेड) आएको छ ।



    जसमा दुई विषयमा एनजी आएका विद्यार्थीहरूले साउन १८ गते र १९ गते हुने परीक्षामार्फत ग्रेड वृद्धि परीक्षा दिन पाउने राष्ट्रिय परीक्षा बोर्डले जनाएको छ।

    एक लाख १५ हजार ८३४ जनाले मौका परीक्षा दिन पाउने बोर्डले जनाएको छ । जसमा ४८ हजार ३८ विद्यार्थीको एक विषयमा एनजी आएको छ भने ६७ हजार ८०० विद्यार्थी दुई विषयमा एनजी आएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार