Online Nepal
  • बिहिबार, ३ असोज २०८१
  • पहिरो खस्दा नारायणगढ–मुग्लिन सडक अवरुद्ध

    पहिरो खस्दा नारायणगढ–मुग्लिन सडक अवरुद्ध

    अनलाइन नेपाल
  • बुधबार, १२ असार २०८१
  • 396
    SHARES

    फाइल तस्विर

    चितवन । नारायणगढ–मुग्लिन सडक खण्डअन्तर्गत इच्छाकामना गाउँपालिका–६ जलवीरेमा पहिरो खस्दा सडक अवरुद्ध भएको छ ।

    जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार आज बिहानदेखि परेको अविरल वर्षाका कारण पहिरो खसेपछि सडक अवरुद्ध भएको हो।



    हाल पानी परिरहेकाले द्रुत गतिमा पहिरो पन्छाउन समस्या भएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ ।



    जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार १२ बजेर ५० मिनेट जाँदा जलबीरेमा पहिरो खस्दा सडक अवरुद्ध भएको हो ।

    पहिरोले दुईतर्फ नै गाडी गुड्न सकेका छैन ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार