Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

झलनाथ खनाल स्वास्थ्य विज्ञान प्रतिष्ठानमा भ्रष्टाचार, मन्त्रीसहित ५ जना दोषी ठहर

काठमाडौं । पूर्वप्रधानमन्त्री तथा नेकपा एकीकृत समाजवादीका नेता झलनाथ खनालका नाममा खोलिएको झलनाथ स्वास्थ्य विज्ञान प्रतिष्ठानको सहकार्यमा स्थापित सर्पदंश उपचार केन्द्रमा भ्रष्टाचार भएको ठहर भएको छ ।

विशेष अदालतका अध्यक्ष टेकनारायण कुँवर तथा सदस्यद्वय तेजनारायण सिंह राई र मुरारीबाबु श्रेष्ठको इजलासले मंगलबार सो केन्द्रमा भ्रष्टाचार भएको ठहर गरेको हो ।

साथै इजलास मधेश प्रदेशका तत्कालीन मन्त्री विजय कुमारसहित ५ जनालाई दोषी ठहर गरेको छ । विजयकुमार मधेस प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्रालयका तत्कालीन मन्त्री हुन् ।

त्यस्तै प्रतिष्ठानका अध्यक्ष रेवतीप्रसाद पन्त, महासचिव नवराज भण्डारी, कोषाध्यक्ष नीरज भण्डारी र सदस्य देवेन्द्र राय पनि दोषी ठहर भएका छन् ।

लालबन्दी नगरपालिकाका तत्कालीन प्रमुख मानबहादुर खड्का र मधेस सरकारका तत्कालीन सचिव प्रेमकुमार श्रेष्ठले भने सफाइ पाएका छन् । दोषी ठहर भएका ५ जनालाई सजाय निर्धारणका लागि असार २५ गतेका लागि पेसी तोकिएको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077