Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

कांग्रेस बलियो भए मात्रै देश मजबुत हुन्छ : सभापति देउवा

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सबै मिलेर अघि बढेमात्रै देश समृद्ध बन्ने बताएका छन्।

नेपाल लोकतन्त्रवादी आदिवासी जनजाति महासंघको महाधिवेशनलाई सम्बोधन गर्दै सभापति देउवाले यस्तो बताएका हुन् ।

सभापति देउवाले कांग्रेस बलियो भएको खण्डमा राष्ट्र पनि मजबुत हुने बताए ।

उनले नेपालका हरेक आन्दोलनमा आदिवासी जनजातिको योगदान महत्वपूर्ण रहेको बताए।

सबै आपसमा एक भएर राष्ट्रलाई ठूलो योगदान दिनुपर्ने सभापति देउवाले बताए।

आदिवासी जनजाति एक भएर देश, पार्टी र आफ्ना हक अधिकार पनि संरक्षण गर्न सकिने सभापति देउवाको भनाई छ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077