Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

राप्रपा नेपालको उपाध्यक्षमा भाष्कर भद्रा मनोनीत

काठमाडौँ । राप्रपा नेपालका नेता भाष्कर भद्रा पार्टीको उपाध्यक्षमा मनोनीत भएका छन् ।

अध्यक्ष कमल थापाले पार्टीको विधान बमोजिम भद्रालाई केन्द्रीय उपाध्यक्षमा मनोनीत गरेका हुन् ।

थापाले पार्टीको विधान बमोजिम उनलाई राजनीतिक विभागको प्रमुखको जिम्मेवारी दिए ।

यसैगरी पुष्पा खरेल भट्टलाई महिला, जनसङ्ख्या तथा लैंगिक विभाग प्रमुख र गंगाप्रसाद शर्मालाई सचिवालय सदस्य सचिव पदमा मनोनयन गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077